भार्गव विकास बैंकको साधारण सभाबाट ५ प्रतिशन बोनस शेयरको प्रस्ताव पारित « Eglish Khabarhub

भार्गव विकास बैंकको साधारण सभाबाट ५ प्रतिशन बोनस शेयरको प्रस्ताव पारित



काठमाण्डौ । भार्गव विकास बैंकको दशौं बार्षिक साधारण सभा असोज २७ गते शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष डम्बरबहादुर थापाले कार्यक्रम औपचारिक रुपमा उद्घाटन गरेका थिए । बैंकका संचालक जगन्नाथ गोतामेले स्वागत मन्तव्य राखेकोसभाको सञ्चालन बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव पुष्करराज जोशीले गरेका थिए ।

साधारण सभामा आ.व.२०७४\०७५ को लागि वाह्य लेखा परिक्षकको नियुक्ती लगायत आ.व. २०७३\०७४ को वासलातलाई सर्वसम्मतीले पास गर्नुका साथै विशेष प्रस्तावका स्वरुप आ.व. २०७३\०७४ सम्मको संचित मुनाफाबाट ५.५५५६ प्रतिशत बोनस शेयर तथा ०.२९२४ प्रतिशत नगद लाभाशं(कर प्रयोजनार्थ) लाभांसको रुपमा शेयरधनिहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

वोनस शेयर थप गरे पश्चात बैंकको कुल चुक्त पुुँजी र जारी पुजी ५० करोड १६ लाख पुग्नेछ भने अधिकृत पुजी ६० करोड हुने भएको छ ।

बैंकले उपर्युक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने\गाभिने(मर्जर हुने), प्राप्ती\समाहित हुने (एक्वीजिसन) हुने\गर्ने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैकको हाल प्रधान कार्यालय सहित १७ वटा शाखा कार्यालयहरुबाट बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न किसिममा थप सेवा तथा सुविहरु प्रदान गर्दै आईरहेकोछ ।

साथै बैंकले आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेपश्चात भार्गव मोबाईल बैंकिङ्ग सेवाको समेत विधिवत रुपमा बैंक सञ्चालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले शुभारम्भ गरे ।

यो सेवा बैंकका सम्पूर्ण शाखाहरुबाट समेत उपलब्त्र छ । मौज्दात सोधपुछ, कारोबारको सूचना, मिनि स्टेटमेण्ट, रकमान्तरण सुविधा,रिचार्जकार्ड टपअप, बिल भुक्तानी, मर्चेण्ट पेमेण्ट, ई–सेवा सुविधा उपलब्ध रहेको छ ।

Publish on: