काठमाण्डौ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इण्टर कन्टिनेन्टल प्रालिले हुण्डाई गाडीहरुको लागि फ्रि चेकअप क्याम्प आयोजना गरेको छ ।
यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा क्याम्प स्थापना गरेको छ ।
नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस क्याम्पमा फ्रि चेकअपमा ग्राहकहरुले आवश्यक लुब्रिकेन्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।
कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकडभित्ता रोड), इटहरी (मिलन चोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) मा क्याम्प स्थापना गरेको छ ।
यो कार्यक्रम असोज २९ देखी ३१ गते सम्म बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS