काठमाण्डौ । नेपालका लागी टाटा हिटाचीको एकमात्र आधिकारिक बितरक सिप्रदी अर्थमुभर्स प्रालिले पोखरामा नयाँ शाखाको उद्घाटन गरेको छ ।
उक्त शाखा र्कायालयको उद्घाटनमा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी अर्थमुभर्स प्रालिका उप महाप्रबन्धक राजेन्द्र कार्की, टाटा हिटाचीका अन्तराष्ट्रिय व्यवसाय निर्यात प्रमुख जयकारा कलमाडी, तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष ताराबहादुर कुवरको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्न आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि बिक्री पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने प्रतिबद्वता व्यक्त गरे ।
सिप्रदी अर्थमुभर्स प्रालिले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।
SHARE YOUR THOUGHTS