हुन्डाईको बहुप्रतिक्षित नयाँ सेन्ट्रो भोलि लन्च हुने, भारतमा मूल्य ५ लाख भारु नेपालमा कति पर्ला ? « Eglish Khabarhub

हुन्डाईको बहुप्रतिक्षित नयाँ सेन्ट्रो भोलि लन्च हुने, भारतमा मूल्य ५ लाख भारु नेपालमा कति पर्ला ?



हुन्डाईको बहुप्रतिक्षित नयाँ सेन्ट्रो भोलि भारतीय बजारमा लन्च हुने भएको छ ।

कार लन्च हुनु अगाडि यसको टेस्ट ड्राइभ भिडियो लिक भएको थियो । यूटुव च्यानलमा लिक भएको भिडियो पछि हटाइएको थियो । यसमा सेन्ट्रो गाडीको इन्टिरियर,सेफ्टी फिचर तथा लुक्सको बारेमा जानकारी दिइएको थियो ।

तर,पछि यो भिडियो युटुवबाट हटाइएको छ ।  सेन्ट्रोको प्रिबुकिङ अक्टबुर १० बाट अनलाइन मार्फत सुरु भएको थियो । अहिलेसम्म १५ हजारभन्दा बढी प्रिबुकिङ भइसकेको छ ।

नयाँ सेन्ट्रो सेफ्टी फिचर,लुक तथा मूल्यको आधारमा मारुती अल्टो पे १०,वेगन आर,रेनल्ट क्विट,टाटा टियागो र डाट्सन गोलाई टक्कर दिने बताइएको छ ।

कारको लिक भएको सूचनाको आधारमा यसको सेफ्टीको फिचरमा ड्राइभिङ सिटमा एयरब्याग,मनोरन्जनका लागि ७ इन्चको डिस्प्ले स्किृन रहेको छ ।

यसको मूल्य भारतीय बजारमा ५ लाख भनिएको छ । यसको मूल्य ५ लाख भारु हुने बताइएको छ । तर,यसको घोषणा भने भोलि हुने छ । यो भनेको नेपाली ८ लाख रुपैयाँ हो । तर,नेपालमा लाग्ने करको कारण यसको मूल्य दोब्बरभन्दा बढी पर्ने छ ।मनी भाष्करबाट

Publish on: