नयाँ दिल्ली । निकै नै प्रतिक्षा गरिएको हुन्डाईको सेन्ट्रो कार भारतीय बजारमा सार्वजनिक भएको छ ।
सेन्ट्रो ९ वटा मोडलमा लन्च भएको यसको मूल्य ३.८९ लाख भारु देखि ५.६४ लाख भारु सम्म रहेको छ । मोडल अनुसार मूल्य फरक छ । सबैभन्दा सस्तो सेन्ट्रो डिलाइट हो ।
जसको मूल्य भारतीय बजारमा ३.८९ लाख तोकिएको छ । यो भनेको नेपाली रुपैयाँमा ६ लाख २२ हजार हो । नेपाल भने करको कारण भारतीय बजारको तुलनामा दोब्बरभन्दा बढी पर्ने गर्छ ।
भारतमा १४ हजारले यसको प्रिबुकिङ गरेका थिए ।
नेपालमा यसको आधिकारिक बिक्रेता व्यवसायिक घराना लक्ष्मी समुह हो । लक्ष्मी समुहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले अर्को महिनादेखि नेपाली बजारमा सेन्ट्रो उपलब्ध हुने जानकारी दिए ।
SHARE YOUR THOUGHTS