नेपाल फाइनान्स कम्पनीको सिइओमा थपलिया नियुक्त « Eglish Khabarhub

नेपाल फाइनान्स कम्पनीको सिइओमा थपलिया नियुक्त



काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा उद्घवराज थपलिया नियुक्त भएका छन् । थपलियाले कात्तिक ७ गते बुधवारबाट कार्यभार सम्हालेका छन् ।

पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलिया लामो समय किष्ट बैंक लि. र प्रभु बैंकमा शाखा प्रबन्धक भइ कार्य गरेका थिए । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत गरी करिव १५ बर्षको बैकिङ अनुभव रहेको छ ।

बेष्ट फाइनान्स (तत्कालीन जनरल फाइनान्स) लाई जापान लगायतका एनआरएनहरुको समूहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरेपछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए ।

जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनिलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

थपलियाले वेष्ट फाइनान्स कम्पनी लि.ले गत श्रावणमा सिनर्जी फाइनान्सलाई प्राप्ति गर्नु अघिसम्म करिव ६ महिना वेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृत भइ कार्य समेत गरेका थिए ।

Publish on: