संखुवासभाको खाँदबारीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा « Eglish Khabarhub

संखुवासभाको खाँदबारीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ३ मा सञ्चालन भएको छ ।

खाँदबारी स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कात्तिक ८ गते एक समारोहबीच उद्घाटन गरेको बैंकले जनाएको छ ।

सो समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमासहभागी भई शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआई सी एशिया बैंकको प्रशंसा गरे ।

समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले उपस्थित अतितिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Publish on: