फरार व्यक्ति पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान « Eglish Khabarhub

फरार व्यक्ति पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असी जरिवाना र एक वर्ष कैद हुने ठहर गरेकोमा खड्का फरार रहँदै आएका थिए ।

ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

खड्कालाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

Publish on: