भोजपुरको दिङ्गलामा एनआईसी एशियाको नयाँ शाखा « Eglish Khabarhub

भोजपुरको दिङ्गलामा एनआईसी एशियाको नयाँ शाखा



काठमाण्डौ । भोजपुर जिल्लामा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालन भएको छ । षडानन्द नगरपालिका स्थित दिङ्गला शाखाको मेयर विरबल राई आज कार्तिक ९ गते एक समारोहका बीच उद्घाटन गरे ।

बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढि पुगेको छ भने कूल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Publish on: