टेलिकम शीर्ष स्थानमा, दोस्रो नम्बरमा नविल बैंक « Eglish Khabarhub

टेलिकम शीर्ष स्थानमा, दोस्रो नम्बरमा नविल बैंक



काठमाडौँ । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम गतसाता पनि एक नम्बरमा रहन सफल भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा एक खर्ब १७ अर्बको रहेको छ ।

यस्तै दोस्रो नम्बरमा नविल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । सामान्यता उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ ।

स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य ६८ अर्ब ३२ करोड ७९ लाख ८० हजार रहेको छ । यस्तै चोथो स्थानमा स्ट्याण्डर्ड चार्डड बैंक छ । सो बैंकको रु ५६ अर्ब ८० करोड १० हजार बराबरको बजार पूँजी छ ।

पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५१ अर्ब १३ करोड ११ लाख २० हजार, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको ४४ अर्ब ७० करोड ९२ लाख ४० हजार, सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४१ अर्ब छ करोड ७३ लाख १० हजार बजार पूँजी रहेको छ ।

त्यस्तै आठौँ स्थानमा नेपाल एसबिआइ बैंकको ३९ अर्ब ९९ करोड ३१ लाख २० हजार, नवौँ स्थानमा रहेको एनआइसी एशिया बैंकको ३५ अर्ब ७३ करोड ८४ लाख ७० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको ३१ अर्ब चार करोड तीन लाख बराबरको बजार पूँजी रहेको छ ।

गतसाता शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई हजार १७ कित्ता शेयर कारोबार भए ।

यस्तै पञ्चकन्या माई हाइड्रोको एक हजार २९७, प्रभु बैंकको एक हजार १५९, नाडेप लघुवित्त वित्तीय संस्थाको ७८८, मेघा बैंकको ५१२, एनआइसी एशिया बैंकको ५०७, एनएमबी बैंकको ३७७, सिद्धार्थ बैंकको ३५४, जनता बैंकको ३४७ र कुमारी बैंकको ३३७ कित्ता शेयर कारोबार भएका थिए ।

यस्तै कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो भने क्रमशः कुमारी, मेघा, एनआइसी एशिया, जनता, सिभिल, माछापुच्छ्रे एनएमबी, सिद्धार्थ र सेञ्चुरी कर्मसियल बैंकको शेयर कारोवार भए ।

Publish on: