काठमाडौं । कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको छ । कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएको छ ।
कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २ लाख ७० हजार डलर लगानी गर्ने योजना बनाएको छ ।
क्रिएसनसंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अनुकारण गर्दछ ।
कोकाकोला कम्पनीका एशिया प्रशांत क्षेत्रका अध्यक्ष जन मर्फीले भने, “नेपालमा वोर्ल्ड विथआउट वेस्ट सुरुवात गर्नका लागि आफ्नो प्रतिबद्धता बिस्तार गर्दा मलाई एकदम खुशी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासहरूलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौ ।”
डब्ल्यूडब्ल्यूएफ नेपाल, हिमालय कलईमेट इनिशिएटिव र जीआईजेड सहित आफ्नो स्थायी साझेदारका सहयोगमा, कंपनीले नेपालमा रीसाइक्लिंग समाधानका लागि रीसाइक्लिंग र अवसरको खोजीका बारे जागरूकता बढाउने जस्ता गतिविधिमा सक्रिय रुपमा संलग्न छ ।
डब्ल्यूडब्ल्यूएफ नेपालको देश प्रतिनिधि डा.घनश्याम गुरुङ भने– डब्ल्यूडब्ल्यूएफ र कोकाकोला कम्पनी बीचको दीर्घकालीक सम्बन्ध देखेर खुशी छौ, जसले संयुक्त रूपमा पानीको सतत उपयोगको बढावा गर्न, स्थानीय समुदायको जीवनशैली बढाउन र नेपाल र संसारभर ताजा पानीको पारिस्थिति संरक्षण गर्दछ ।
SHARE YOUR THOUGHTS