दोहोरो अंकले घट्यो नेप्से, सबै राताम्य « Eglish Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, सबै राताम्य



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सुरुवाती समयमै १३.६० अंकले घटेको छ । दिउसो १ बजेर २२ मिनेट जाँदा १.१० प्रतिशतले घटेको नेप्से परिसूचक १२२७.५१ बिन्दूमा पुगेको थियो ।

दिउँसो १ बजेर २२ मिनेट जाँदा ११ करोड २१ लाख ९३ हजार रुपैयाँले कारोबार गरेको परिसूचक बित्तीय समूह सबै रातो रङले भरिएको थियो । सो समयमा बैंकिङ समूह १४.३७, बिकास बैंक समूह ९.१२, वित्तीय समूह ३.९७ र माइक्रोफाइनान्स समूह १३.६५ अंकले घटेका हुन् ।

यस्तै, बीमा समूह अन्तर्गत लाइफ इन्सुरेन्स ४३.८६ अंकले घटेको छ भने नन् लाइफ इन्सुरेन्स समूह ५१.२ अंकले घटेको छ । होटल समूह ५२.६५ अंकले घटेको छ भने जलविद्युत समूह ८.७७ अंकले घटेका छन् । उत्पादन मूल्क समूह ४.८९ अंकले घटेको छ भने अन्य समूह ६.५४ अंकले घट्न पुगेको छ ।

Publish on: