१३.६२ अंकले घट्यो नेप्से, ३२ करोडको कारोबार « Eglish Khabarhub

१३.६२ अंकले घट्यो नेप्से, ३२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.६२ अंकले घटेको छ । दिउँसो १ बजेर २२ मिनेटमा १३.६० अंकले घटेको नेप्से परिसूचक १३.६२ अंकमा आएर रोकिएको हो । १.१० प्रतिशतले घटेको नेप्से परिसूचक १२२७.४९ बिन्दूमा पुगेको छ ।

समग्रमा आज ३२ करोड ६४ लाख ८३ हजार रुपैयाँले कारोबार भएको छ । १ सय ६० कम्पनीका ११ लाख ९७ हजार १ सय ६ सेयर कित्ता खरिद विक्री भएको हो ।
होटल समूह बाहेक आज सबै समूह घटेका छन् । होटल समूह ०.११ अंकले बढेको छ ।

बैंकिङ समूह १५.९१, बिकास बैंक समूह १०.१७, वित्तीय समूह ६.८१ र माइक्रोफाइनान्स समूह १४.७३ अंकले घटेका हुन् । यस्तै, बीमा समूह अन्तर्गत लाइफ इन्सुरेन्स ४१.६ अंकले घटेको छ भने नन् लाइफ इन्सुरेन्स समूह ७९.७३ अंकले घटेको छ ।

जलविद्युत समूह ९.१९, उत्पादनमूलक समूह ३.७२ र अन्य समूह १.४१ अंकले घटेको छ । आज सबै भन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकले गरेको छ । बैंकले २ करोड ३३ लाख ८८ हजार रुपैयाँ बराबरको ट्रनओभर गरेको हो ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी कमाई गरेको छ । संस्थाका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाई गरेका छन् । आईएमई जेनेरल इन्सुरेन्सका लगानीकर्ताले आज सबै बढी गुमाएको छन् । इन्सुरेन्सका लगानीकर्ताले ५.०९ प्रतिशतले गुमाएका हुन् ।

Publish on: