काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.५६ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेको नेप्से परिसूचक १२१६.९३ बिन्दूमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार समग्रमा २४ करोड ९१ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार समग्रमा ३२ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यसरी नेप्से परिसूचकको कारोबार अघिल्लो दिनको तुलनामा आज करीब ८ करोडले घटेको हो ।
आज १ सय ६० कम्पनीका ९ लाख ८७ हजार ३ सय २१ सेयर कित्ता खरिद विक्री भएका छन् ।
आज सबै समूह राताम्मे भएका हुन् । बैंकिङ समूह ९.२५, बिकास बैंक समूह १२.१६, वित्तीय समूह ३.०१ र माइक्रोफाइनान्स समूह ९.४ अंकले घटेका हुन् ।
यस्तै बीमा समूह अन्तर्गत लाइफ इन्सुरेन्स ११.९७ अंकले घटेको छ भने नन् लाइफ इन्सुरेन्स समूह ७५.६७ अंकले घटेको छ ।
जलविद्युत समूह १४.४४, होटेल समूह ४८.७६, उत्पादन मूल्क समूह ११.०८ र अन्य समूह ७.२६ अंकले घटेका छन् ।
आज सबै भन्दा बढी कारोबार गोर्खाज फाइनान्सले गरेको छ । फाइनान्सले आज २ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको ट्रनओभर गरेको हो ।
रिद्धि हाइड्रो डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेका छन् । कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतले कमाई गरेका हुन् ।
राइर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबै बढी गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाएका हुन् ।
SHARE YOUR THOUGHTS