अब धनगढीमा पनि टोयोटाको शोरुम « Eglish Khabarhub

अब धनगढीमा पनि टोयोटाको शोरुम



काठमाण्डौ । टोयोटाको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि.(युटीएस) ले प्रदेश ७ धनगढीमा बसन्त क्लासिक अटोमोबाइल्सलाई टोयोटाको ३एस सेवा दिने गरी बिक्रेता नियुक्त गरेको छ ।

प्रदेश ७ को धनगढीमा खोलिएको यस नयाँ ३एस सेवा टोयोटाको अन्तराष्ट्रिय गुणस्तरलाई ध्यानमा राखी संचालनमा ल्याइएको हो ।

ग्राहकहरुको अत्याधिक मागलाई महसुस गरि बसन्तक्लासिक अटोमोबाइल्सले टोयोटालाई धनगढीमा ल्याउने उदेश्य बोकी अघि बढेको थियो र यस अघि बसन्तक्लासिक अटोमोबाइल्सले सोहि सम्बन्धि व्यापार गर्दै आइरहेको थियो ।

कात्तिक १२ गते नयाँ शोरुमको उद्घाटनमा युटीएसका बरिष्ट निर्देशक कैलाशभक्त राजभण्डारी एवं बसन्तक्लासिकका भुवन भट्ट, बसन्त भट्ट र देवीदत्त भट्टद्वारा रिबन काट्ने र पानसमा बत्तिबालेर शोरुमको औपचारिक उद्घाटन गरिएको थियो ।

Publish on: