एलएचएसएस कम्पनी हानकुक टायरको आधिकारिक विक्रेता « Eglish Khabarhub

एलएचएसएस कम्पनी हानकुक टायरको आधिकारिक विक्रेता



काठमाण्डौ । हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएसएस) लाई नेपालको लागी आधिकारिक विक्रेताकोे रुपमा नियुक्त गरेको छ ।

एलएचएसएस कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागी एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

यस कम्पनीले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस तथा सहायक बस्तुहरु आयत गरि विक्रि वितरण गर्ने छ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।

हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी प्रमुख टायर निर्माण ब्राण्ड हो । कम्पनी पिसीआर, एलटिआर, एसयूभि र टिबीआर खण्डमा बलियो उपस्थितिसँग विश्वको सातौं सबै भन्दा ठूलो टायर बेच्ने ब्राण्ड हो ।

पिसीआर श्रृंखलामा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृखला छ जहाँ भेन्टस् उच्च प्रदर्शन श्रृखला हो भने किर्नजी अधिक मूल्य प्रतिस्पर्धी टायर श्रृंखला हो ।

हानकुक टायरले उच्च इन्धन क्षमता, कम झ्ट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिन्छ । एल एच एस् एस् ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ ।

हानकुक पछिल्लो केहि वर्ष देखि नेपालमा रहेको छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको जनाएको छ ।

Publish on: