काठमाडौं । कन्सेप्ट कारहरु हेर्दा असाध्यै राम्रा देखिन्छन् । यस्ता कार देखेर लाग्छ कि भविष्यमा गाडीको डिजान पूरै परिवर्तन हुँदैछ ।
तर, कार निर्माता कम्पनीहरु यस्ता कन्सेप्ट कारमाथि लाखौं डलर किन खर्च गर्छन्, जबकि उनीहरुलाई नै थाहा छ कि यस्तो कार विक्रीका लागि कहिल्यै उत्पादन गरिदैन ।
उदाहरणको लागि कन्सेप्ट कार ‘डीएस एक्स इटेन्स’लाई नै लिनुहोस् । फ्रान्सको लग्जरी कार निर्माता कम्पनी डीएसले हालै मात्र यो कार पेश गर्यो ।
कम्पनीले भनेको छ कि यो कार सन् २०३५ को एउटा स्वप्निल कार हुन्छ ।
आधी खुल्ला रहेको छत, हेर्दा स्पोट्स कारको डिजाइन र सारा लग्जरी फिचर्स यो कारमा जडान गरिएको छ । यो कारलाई देख्दा बकाइदा लाग्छ कि यसलाई कुनै सुपरहिरोमा आधारित म्यागाजिनबाट निकालिएको हो ।
कम्पनीले कारको ढाँचा मात्रै तयार गरेको पनि होइन । कारको भित्री भाग बनाउन पनि पूरै मेहेनत गरेको छ । यसमा कार चालकको लागि एक पर्सनल असिस्टेन्टसम्म पनि लगाइएको छ ।
‘भविष्यमा कति विलक्षण कार बन्छन् भनेर सर्बसाधारणलाई देखाउँन यो कार बनाइएको हो,’ कम्पनी यसो भन्छ ।
कुनै ठूलै योजना
डीएस कम्पनीले अहिले जस्ता कार बनाउँछ, यो कन्सेप्ट कारसँग उसको टाढाको सम्बन्ध पनि छैन ।
तर पनि यो बर्षको अन्त्यसम्ममा कम्पनीले एउटा कार ल्याउने छ, जसको डिजाइन यो कन्सेप्ट कारसँग केही मिल्दोजुल्दो हुनेछ । र, त्यो कार उसले सर्बसाधारणलाई विक्री पनि गर्नेछ ।
‘कन्सेप्ट कारबाटै कार डिजाइन गर्ने अवधारणाको विकास हुन्छ, यही वहानामा भएपनि हामी नयाँ प्रयोगको परीक्षण गर्छौं र भविष्यका कारको बारेमा कुनै ठूलो योजना बनाउँछौं,’ डीएस कम्पनीका डिजाइन डाइरेक्टर थियेरी मेट्रोज भन्छन् ।
केही कन्सेप्ट कारका बारेमा यो कुरा सही सावित पनि भइसकेको छ ।
जस्तो कि २ बर्ष पहिले पर्सले एउटा कन्सेप्ट कार सार्बजनिक गरेको थियो । यही कन्सेप्ट कारलाई हेरेर पर्सले जेनेभा मोटर सोमा सबैभन्दा बढी स्यावासी बटुलेको पनि थियो ।
त्यो कारको नाम पर्स मिसन इ थियो, जुन ठूलो इन्जिन भएको विद्युतीय कारको मोडल थियो ।
हलिउडमा प्रयोग
यो कन्सेप्ट कारको बारेमा धेरैले प्रशंसा गरे । यसको मोडलका बारेमा सर्बसाधारणको धारणा असाध्यै सकारात्मक थियो ।
नतिजा यो भयो कि सो जर्मन कम्पनीले मिसन इ कन्सेप्ट कारको मोडल पास गर्यो । र, घोषणै गरिदियो कि सन् २०१९ को अन्त्यसम्ममा कम्पनीले सो कारको उत्पादन सुरु गर्नेछ, कारको नाम ट्याकन हुनेछ ।
यसबाटै थाहा हुनेछ कि यो परीक्षणलाई बजारले कुन रुपमा ग्रहण गर्नेछ र यो कार वास्तबमा कत्तिकको सफल हुनेछ । त्यसैले यस्तो मौकालाई पनि गज्जबको मान्न सकिन्छ ।
नत्र यस्ता कन्सेप्ट कार सर्बसाधारणले फोटो लिने प्रयोजनमा र कुनै ठूलो कार्यक्रममा देखाउने भन्दा अगाडि बढ्न सक्दैन भन्ने पुष्टी हुनेछ ।
जस्तो कि सन् १९५५ मा आएको ‘लिंकन मर्करी फ्यूचुरा’ कार हलिउडका केही फिल्म र पछि टेलिभिजन सिरिज ब्याटम्यानमा मुख्य कारको रुपमा प्रयोग गरियो ।
पेट्रोल डिजेलको भन्दा राम्रो इन्जिन
कन्सेप्ट कार डिजाइनरको सामुन्ने आउने सबैभन्दा ठूलो चुनौति भनेको कारमा उनीहरुले यस्तो परिवर्तन गरुन्, जसलाई देखेर हेर्नेहरु हेरेको हेर्यै होउन् ।
केही दशकसम्म त कार निर्माता कम्पनीका बीच पेट्रोल डिजेलभन्दा राम्रो इन्जिन कसरी बनाउने भन्ने होडबाजी नै चल्यो ।
तर, अहिले कम्पनीहरुको आँखा विद्युतीय इन्जिनमा छ । कम्पनीहरु सेल्फ ड्राइभिङ कारहरुमा ध्यान दिइरहेका छन् । जुन कम्पनीहरु यस्ता काममा दुइकदम अगाडि बढेका छन्, उनीहरु प्रतिस्पर्धी कम्पनीको लागि खतरा बनिरहेका छन् ।
जानकारहरुको यो स्वीकारोक्ति छ कि जुन दिन कम्पनीहरुले सुरक्षित रोबोट कारको घोषणा गर्नेछन्, त्यो दिन नै परम्परागत कारको बजार घट्नेछ र कार बजारले एउटा नयाँ स्वरुप धारण गर्नेछ ।
विभिन्न दृष्टिकोण
फ्रान्सेली कम्पनी रेनाले यो दिशामा द्रुत कदम चलाएको छ ।
रेनाले कन्सेप्ट कारको एउटा झुन्ड नै तयार पारेको छ । जसले भविष्यको स्वचालित कारको झलक दिन्छ । र, यसले विद्युतीय कारको विभिन्न दृष्टिकोण पेश गरेको छ ।
यो झुन्डमा एउटा यस्तो कार पनि छ, जुन तपाइको लिभिङ रुपको एउटा अंश पनि बन्न सक्छ । यो कार एउटा रोवट ट्याक्सी हो, जो मान्छेलाई लिएर जान तयार पारिएको हो ।
काठका टुक्राले फ्लोर बनेको यो कार ड्राइभर विना नै चल्छ । यसको लम्बाइ धेरै छ । पेरिस मोटर सोमा धेरै मान्छेका आँखा यो कारमा गएर रोकिएका पनि थिए ।
अनिश्चित भविष्य
‘यो कार हाम्रो सपना हो, ठूला शहरहरुका लागि हो, र, ती ग्राहकका लागि हो, जो स्मार्ट छन्,’ रेना कम्पनीका प्रमुख डिजाइनर लरेन्स वेन डेन एकरले भने ।
‘भविष्यमा कारहरु धेरै कनेक्टेड हुनेछन्, तपाइको फोन, घर र कार, सबै एकापसमा जोडिएका हुनेछन्, यसको सोझो माने यो हो कि तपाइ एउटा कार मात्रै चलाइ रहेको हुनुहुने छैन, एउटा सेवाको लाभ ग्रहण गरिरहेको हुनुहुनेछ,’ उनी भन्छन् ।
तर, निर्माताहरु मोटर सोहरुमा जुन कार देखाइरहेका छन्, चाहे दिल्लीको सो होस् वा पेरिस वा जेनभाका, तिनीहरुले यही रुपमा सडकमा लान पाउँलान् ?
यसकार कन्सेप्ट कार एउटा यस्तो ‘डिल’ भयो, जुन दुनियाभरका ग्राहकको आँखामा कम्पनीको प्रचारको एउटा गज्जब साधन बन्यो ।
यो एउटा यस्तो प्रश्न हो, जसको सोझो उत्तर कुनै पनि कम्पनीसँग छैन । कार उद्योग कुन दिशामा अगाडि बढिरहेको छ भन्ने कसैलाई पनि प्रष्ट ज्ञान छैन ।
तरपनि कम्पनीहरु आफ्नो डिजाइनरको कल्पना सिमित गर्न चाहदैनन् । उनीहरु चाहन्छन् कि आफ्ना डिजाइनरहरुले आश्चर्यजनक डिजाइन बनाउन् र त्यो डिजाइन संसारलाई देखाउँन् ।
संसारभरका कार निर्माताको स्वीकारोक्ति छ कि उनीहरु जुन ‘अनिश्चित भविष्य’ तिर बढिरहेका छन्, त्यसका लागि उनीहरुले आफ्नो तयारी पूरा गर्नुपर्नेछ ।
‘केही नयाँ बनाएर देखाएनौं भने मान्छेलाई कसरी थाहा हुन्छ कि भविष्यको कारका लागि कुन कम्पनीले के काम गरिरहको छ भनेर,’ जर्मनीका एक कार निर्माता भन्छन् ।
यसकार कन्सेप्ट कार एउटा यस्तो ‘डिल’ भयो, जुन दुनियाभरका ग्राहकको आँखामा कम्पनीको प्रचारको एउटा गज्जब साधन बन्यो ।
(बीबीसी हिन्दीबाट भावानुबाद गरिएको यो फिचर थिओ लेगेटले बीबीसी हिन्दीका लागि तयार पारेका हुन्)
SHARE YOUR THOUGHTS