७.४३ अंकले बढ्यो नेप्से, २२ करोडको कारोबार « Eglish Khabarhub

७.४३ अंकले बढ्यो नेप्से, २२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो र दोश्रो दिन लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज तेश्रो दिन भने बढेको छ । आज नेप्से ७.४३ अंकले बढेको हो । ०.६१ प्रतिशतले बढेको नेप्से परिसूचक १२२४.३६ बिन्दूमा पुगेको हो ।

समग्रमा आज २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १ सय ६३ कम्पनीका ९ लाख २४ हजार ६ सय ६५ सेयर कित्ता खरिद विक्री भएका छन् ।

होटल समूह, जलविद्युत समूह र लघुबित्त समूह राताम्मे भएको छ भने बाँकी समूहमा हरियाली छाएको छ । होटल समूह १२.८२, जलविद्युत समूह ५.४ र लघुबित्त समूह १ अंकले घटेका छन् ।

त्यसैगरी बैंकिङ समूह ९.१२, बिकास बैंक समूह १०.२१, वित्तीय समूह ०.३९, निर्जीवन बीमा समूह २२.९९, उत्पादनमूलक समूह १३.०३, अन्य समूह ५.१३ र जीवन बीमा समूह २३.६७ अंकले बढेका छन् ।

आज नेपाल सेवा लघुबित्त संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्, ९.८९ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी, अपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्, ४.७३ प्रतिशले गुमाएका हुन् ।

Publish on: