कात्तिक १४ देखि यामाहाको एक्सचेन्ज एण्ड अपग्रेड योजना « Eglish Khabarhub

कात्तिक १४ देखि यामाहाको एक्सचेन्ज एण्ड अपग्रेड योजना




काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लले कात्तिक १४ (आज) देखि ५ दिनसम्म एक्सचेन्ज एण्ड अपग्रेड योजना सुरु गरेको छ ।

यस्तो योजना कात्तिक १८ गतेसम्म चल्नेछ । यो योजना अन्तरगत कुनै ब्राण्डका मोटरसाइकलसँग यामाहाका नयाँ मोटरसाइकल साट्न पाइनेछ भने आफूसँग भएको बाइक अपग्रेड गर्ने सुविधा पनि पाइनेछ ।

यो योजना अहिलेको लागि काठमाडौं उपत्यकाभित्रका ग्राहकका लागि हो । यस्तो सुविधा यामाहाका उपत्यकाभर रहेका जुनसुकै सोरुमहरुमा उलब्ध गरेको कम्पनीले जानकारी दिएको छ । यो योजनाभर शनिबारको दिन पनि सोरुमहरु खुल्ला रहने कम्पनीले जनाएको छ ।

यो योजनामा तपाइको बाइककको सर्बाेत्कृष्ट मूल्यांकन गरिने, न्यूनतम ब्याजदरमा फाइनान्स सुविधा प्रदान गरिने, प्रत्येक खरिदमा आकर्षक उपहार राखिएको र स्क्र्याच मार्फत ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको छुट जस्ता आकर्षक योजना रहेको कम्पनीको भनाइ छ ।

एमएडब्लुले यामाहा ब्राण्डका १ लाख ८७ हजार रुपैयाँदेखि ९ लाख २४ हजार रुपैयाँसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ ।

Publish on: