काठमाडौं । साताको पहिलो र दोश्रो दिन लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार भने बढेको थियो । तर फेरी आज चौथो दिन बुधबार २.९० अंकले घटेको छ । ०.२४ प्रतिशतले घटेको नेप्से परिसूचक १२२१.४६ बिन्दूमा पुगेको हो ।
आज समग्रमा १६ करोड ७५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ सय ६४ कम्पनीका ६ लाख ८६ हजार १ सय १५ सेयर कित्ता खरिद विक्री भएका छन् ।
आज ३ समूह बढेका हुन् भने अन्य ७ समूह घटेका छन् ।
बैंकिङ समूह ५.४७, होटल समूह १.०१, बिकास बैंक समूह ४.६१, जलविद्युत समूह ७.३७, वित्तीय समूह १.७७, माइक्रोफाइनान्स समूह ७.३६ र लाइफ इन्स्योरेन्स समूह ०.२४ अंकले घटेका हुन् ।
यस्तै नन्लाइफ इन्सुरेन्स समूह ३०.०३, उत्पादनमूलक समूह ३०.५७ र अन्य समूह ३.०१ अंकले बढेका छन् ।
आज सबै भन्दा बढी कारोबार प्रभु बैंकले गरेको छ । बैंकले आज ९० लाख २१ हजार रुपैयाँ बराबरको ट्रनओभर गरेको हो ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेको छन् । कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतले कमाई गरेका हुन् ।
छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले सबै बढी गुमाएका छन् । ४.३४ प्रतिशतले गुमाएका हुन् ।
SHARE YOUR THOUGHTS