याे वर्ष पनि तिहारमा लाेडसेडिङ नहुने (भिडियाे) « Eglish Khabarhub

याे वर्ष पनि तिहारमा लाेडसेडिङ नहुने (भिडियाे)



काठमाडाै । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले याे वर्ष पनि तिहारमा लाेडसेडिङ नहुने बताएका छन् ।

तिहारमा हुने विजुलीकाे अत्याधिक मागलार्इ पूर्ति गर्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएकाे कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणकाे सभाहलमा अायाेजित पत्रकार सम्मेलनलार्इ सम्बाेधन गर्दै घिसिङले भने- कहिलेकाँहि अचानक अाउन सक्ने प्राविधिक समस्या बाहेक अन्य कुनै पनि कारणले तिहारमा लाेड सेडिङ हुने छैन ।

दिपावली पर्व  दिप अर्थात वत्तीकाे पर्व भएकाले जनतालार्इ चाहिने विजुलीकाे अनुमानित मात्रा अनुसार सम्पुर्ण व्यवस्था प्राधिकरणले गरिसकेकाे उनले जानकारी दिए ।

Publish on: