काठमाण्डौ । माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको तर्फबाट कार्यकारी अध्यक्षसुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउने छन् ।
ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान\एक्सरे, म्यामोग्राफि, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, डेन्टल उपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज र ल्याब एण्ड रेडियोलोजी सेवामा ७ प्रतिशत छुट दिने भएको छ ।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाकाल देखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी अर्का सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५ देखि १० प्रतिशतको छुट पाउने छन् ।
नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन् ।
SHARE YOUR THOUGHTS