माथिल्लो तामाकोशीको सेयर बाँडफाँड, कम्तिमा ३० र अधिकतम १०३ कित्ता बाँडियो « Eglish Khabarhub

माथिल्लो तामाकोशीको सेयर बाँडफाँड, कम्तिमा ३० र अधिकतम १०३ कित्ता बाँडियो



काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।

प्राथमिक सेयर एक जनालाई १ सय ३ कित्तासम्म बाँडफाँड गरिएको छ भने २ लाख ७६ हजार १ सय ९४ वटा आवेदन परेकोमा १० वटा आवेदन रद्द भएको जनाइएको छ । बाँकी सबै आवेदकलाई कम्तीमा ३० कित्ता र अधिकत्तम १०३ कित्ताका दरले बाँडिएको हो ।

गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महिनापछि शेयर बाँडफाँड गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो ।

आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दालाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी आइपीओ बाँडफाँड गरिएको हो ।

Publish on: