काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो बर्षलाई सेयर बर्ष बनाउने बताएका छन् ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाको सिमित आइपीओ ल्याउने बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो बर्षलाई प्राधिकरणले सेयर बर्ष बनाउने योजना सुनाए ।
चिलिमे जलविद्युत कम्पनी अन्तरगतका ४ वटा सहायक कम्पनीको २७० मेगावाट र माथिल्लो तामाकोशी आयोजनाको ४५६ मेगावाट स्वदेशी पुँजी र स्वदेशी ऋणमा नै बन्न सकेकोमा गर्व गर्दै उनले यो बर्षलाई सेयर बर्ष बनाउने बताएका हुन् ।
‘हामीले स्वदेशी ऋण र पुँजी जुटाएर १ खर्ब लगानी गर्यौं, र ७२६ मेवावाट विद्युत उत्पादन गर्दैछौं, अब यी कम्पनीले सर्बसाधारणलाई सेयर (आइपीओ) विक्री गरेर १८ अर्ब रुपैयाँ संकलन गर्दैछन्, यो एकातिर हाम्रालागि गर्वको बिषय हो भने अर्काेतिर यो बर्ष सेयर बर्ष हुने भयो,’ घिसिङले भने ।
उनले माथिल्लो तामाकोशी आयोजनामा सर्बसाधारणको १० अर्ब र चिलिमे अन्तरगतका ४ कम्पनीमा ८ अर्ब गरी सर्बसाधारणको १८ अर्ब रुपैयाँ लगानी हुने बताए ।
यी कम्पनीले अब हजार मेगावाटसम्मको आयोजना बनाउन सक्ने क्षमता राख्ने पनि घिसिङको दाबी छ ।
उनले भनेको कुरा हेर्न भिडियोमा क्लिक गर्नसक्नुहुनेछ ।
SHARE YOUR THOUGHTS