१ पुस २०८२, मंगलबार

एनआइसी एसियाले ल्यायो यस्तो अवसर, नछुटोस् छुट पाउने मौका !


काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनैपनि सामान खरिद गरी यसको भुक्तानीमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५०० रुपैयाँ सम्मको छुटको ब्यवस्था गरेको छ ।

बैंकले विज्ञप्ति प्रकाशित गरी ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरीसके पछि भुक्तानी गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोड भुक्तानी गरी छुट प्राप्त गर्न अनुरोध गरेको छ ।