काठमाडौं । एचएच बजाज कम्पनीले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।
यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ ।
जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एंड ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।
नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ ।
पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ ।
यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।
पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६०टिडिको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
हंशराज हुलासचन्द र कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो ।
SHARE YOUR THOUGHTS