काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए । प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनार्इ छ ।
SHARE YOUR THOUGHTS