काठमाण्डौ । गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित तल्लो मोदीखोला जलविद्युत आयोजना(२० मे.वा.)को प्रवर्धक मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंद्वारा करिब ४२ लाख कित्ता साधारण शेयर (१६लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारण) को लागि निश्काशन गर्ने भएको छ ।
प्रति साधारण शेयर १ सय रुपैयाँका दरले ४२ करोडको शेयर निष्काशन गर्नसनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यको लागि कम्पनीको तर्फवाट संचालक कुमुदकुमार दुगड तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच, मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौंमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने जनाइएको छ ।
SHARE YOUR THOUGHTS