तरकारीको मूल्य घट्यो, कालीमाटीमा यस्तो छ तरकारीको भाउ « Eglish Khabarhub

तरकारीको मूल्य घट्यो, कालीमाटीमा यस्तो छ तरकारीको भाउ



काठमाडौं । केही दिन यता कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य ह्वातै घटेको छ । आज गोलभेडा १५ रुपैयाँ देखि ३२ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको कालिमाटी बजारका गोलभेडा व्यवसायीले बताए ।

१५ दिन अघि गोलभेडा कालिमाटी बजारमा ५० रुपैयाँ प्रतिकेजीसम्म विक्री भइरहेको थियो ।

आज कालिमाटी बजारमा बन्दा २० रुपैयाँ प्रतिकेजी, काउली १८ रुपैयाँ प्रतिकेजी, भन्टा २२ रुपैयाँ प्रतिकेजी, बोडी ४२ रुपैयाँ प्रतिकेजी, घिउ सिमी २७ रुपैयाँ प्रतिकेजी, तिते करेला ५८ रुपैयाँ प्रतिकेजी, लौका ३३ रुपैयाँप्रतिकेजी, परवल ३८ रुपैयाँ प्रतिकेजी, फर्सी १८ रुपैयाँदेखि २२ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

त्यसैगरी बरेला २० रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही समय यता मौसम अनुकुल रहेकाले उत्पादन बढी भएको र तरकारीको मूल्य घटेको बताए ।

गोलभेडाको मूल्यमा २५ रुपैयाँ घटेको हो । काउलीमा २० रुपैयाँ घटेको छ । बोडीको मूल्यमा ३६ रुपैयाँ घटेको छ ।

मटर कोशाको मूल्य अहिलेसम्मको अत्याधिक कम भएको छ । मटर कोसा १ सय २५ रुपैयाँ किलोबाट घटेर ८५ रुपैयाँ प्रतिकेजीमा झरेको हो । मटरकोसामा ४० रुपैयाँ कम भएको हो । तिते करेलामा १४ रुपैयाँ घटेको छ ।

यस्तै फर्सी, बन्दा, लौका, घिउ सिमी लगायतका तरकारीहरुमा १० देखि २५ रुपैयाँ मूल्य घटेको श्रेष्ठले जानकारी दिए ।

Publish on: