काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लि. संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले मुस्कान सेवा नेपालका अध्यक्ष भवानीकुमारी गुरुङ्गलाई एक समारोहका बीच गत चेक हस्तान्तरण गरे ।
मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु मुस्कान सेवा नेपालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS