
काठमाडौं । एनआई सीएशिया बैंकले नेपालभित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ । यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागिमात्र लागु बैंकले जनाएको छ
यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिनमार्फत कुनै किसिमको सामानवा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना नगद फिर्ता पाइने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यो योजनाबाट बैंकको ४ लाख ५० हजारभन्दा बढी भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुनेछन् ।
| प्रथम कारोबारमा | कारोबार रकमको २ प्रतिशत वा बढीमा रु १०० नगद फिर्ता |
| दोस्रो कारोबारमा | कारोबार रकमको ४ प्रतिशत वा बढीमा रु २०० नगद फिर्ता |
| तेस्रो कारोबारमा | कारोबार रकमको ६ प्रतिशत वा बढीमा रु ३०० नगद फिर्ता |
| चौथो कारोबारमा | कारोबार रकमको ८ प्रतिशत वा बढीमा रु ४०० नगद फिर्ता |
| पाँचौ कारोबारमा | कारोबार रकमको १० प्रतिशत वा बढीमा रु ५०० नगद फिर्ता |
| एक महिनामा प्रतिकारोबारको आधारमा | एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र नगद फिर्ता हुनेछ । |
| एक महिनामा प्रतिकारोबारको आधारमा | एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र नगद फिर्ता हुनेछ । |

प्रतिक्रिया