पोखरा फाइनान्स लिमिटेडको शाखा बुटवलमा « Eglish Khabarhub

पोखरा फाइनान्स लिमिटेडको शाखा बुटवलमा



काठमाण्डौ । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवल उपमहानगर पालिका ९, राजमार्ग चौराहामा नयाँ शाखा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

बुटवल शाखाको उद्घाटन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका थिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्व २ करोड तथा कर्जा लगानी ४ अर्व ४१ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको छ ।

उक्त बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सि–आस्वा लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आव २०७४\७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख रविचन्द्र गुरुङले बताए ।

Publish on: