आजदेखि एभरेष्ट इन्स्योरेन्सको १०५ प्रशित हकप्रद सेयर « Eglish Khabarhub

आजदेखि एभरेष्ट इन्स्योरेन्सको १०५ प्रशित हकप्रद सेयर



काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार (आज) देखि चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँक दरले १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो बिक्री भएपछि कम्पनीको चुक्ता पुँनी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर १ः०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद आवेदनका लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

Publish on: