२८ मंसिर २०८२, शनिबार

३ करोडले घट्यो जग्गाको राजश्व, सबै मालपोत कार्यालयले किन बुझाएनन् बिबरण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा कुल २ अर्ब ४५ करोड ९९ लाख ३९ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको छ । यी ४ महिनामा १ अर्ब ३८ करोड ५० लाख ३ हजार रुपैयाँ बराबर पुँजीगत लाभकर संकलन भएको हो ।

यो चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको हाराहारीमा राजश्व संकलन घटेको हो । पुँजीगत लाभकर २५ करोड रुपैयाँले कम भएको छ ।
गत वर्षको पहिलो चौमासिकमा ५ अर्ब ४६ करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको थियो । साथै १ अर्ब ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबर पुँजीगत लाभकर संकलन भएको थियो ।

यो वर्ष राजश्व संकलन घट्नुको मुख्य कारण कित्ताकाट रोकिनु रहेको शाखा अधिकृत रमेश कुमार कोइरालाले बताए ।

‘राजश्व नउठेको हैन उठेको हो तर, केही मालपोत कार्यालयहरुले जानकारी पठाएका छैनन् केहीले मात्र पठाएका हुन्,’ कोइरालाले भने, ‘कित्ताकाट रोकिएका कारण कारोबार कम भएकाले उल्लेख्यरुपमा राजस्व बढ्न सकिरहेको छैन ।’

नेपालभर कुल १ सय १४ वटा मालपोत कार्यालय छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा १०४ मालपोत कार्यालयले मात्र राजश्व तथा पुँजीगत संकलनको जानकारी पठाएका छन् ।

ती मालपोत कार्यालयहरुबाट कुल ९९ करोड ६२ लाख २२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । ४० करोड ११ लाख ७५ हजार ४ सय ८८ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

गत चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ४२ करोड २५ लाख ९१ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको थियो भने ३९ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबर पुँजीगत लाभकर संकलन भएको थियो ।

चालु आर्थिक वर्षको भदौ महिनामा ९३ वटा मालपोत कार्यालयले मात्र राजश्व तथा पुँजीगत संकलनको जानकारी विभागमा पेश गरेका छन् ।
सो महिनामा कुल ८६ करोड १२ लाख २५ हजार ८ सय ४३ रुपैयाँ संकलन भएको हो । साथै ३३ करोड २३ लाख २१ हजार ४ सय ९९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

गत चालु आर्थिक वर्षको भदौ महिनामा १ अर्ब २४ करोड ८१ लाख ४५ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको थियो भने ३६ करोड ७३ लाख ७४ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

यस्तै चालु आर्थिक वर्षको असोज महिनामा ८३ मालपोत कार्यालयहरुले राजश्व तथा पुँजीगत लाभकरको विवरण पेश गरेका छन् । सो मालपोत कार्यालयहरुबाट कुल १ अर्ब ६९ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेका छन् । सो अवधिमा कुल ४४ करोड ९९ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको असोज महिनामा १ अर्ब ३३ करोड ४ लाख ६५ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो भने ४५ करोड ६६ हजार १३ लाख रुपैयाँ बराबर पुँजीगत लाभकर संकलन भएको थियो ।

चालु आर्थिक वर्षको कार्तिक महिनामा ७३ वटा मालापोत कार्यालयहरुले मात्र राजश्व तथा पुँजीगत लाभकर संकलनको जानकारी विभागमा पेश गरेका छन् ।

सो मालपोत कार्यालयहरुबाट उक्त महिनामा ४९ करोड २१ लाख २६ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको विभागले जानकारी दिएको छ । सो अवधिमा २० करोड १५ लाख ६२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो ।

गत वर्षको कार्तिक महिनामा १ अर्ब ४६ करोड २२ लाख ९२ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको थियो भने ४२ करोड १० लाख २४ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।