२८ मंसिर २०८२, शनिबार

कुमारी बैंकले सेयरधनीलाई १२.७५ % बोनस सेयर दिने, कर नलाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कुमारी बैंकको सञ्चालक समितिले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर दिने निर्णण गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र कुमारी बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड रुपैयाँ छ ।

सञ्चालक समितिले निर्णय गरेको बोनस सेयरमा कर लाग्ने छैन । किनभने तत्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंक, माहाकाली विकास बैंक , काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीका शेयरधनीलाई बोनसमा लाग्ने कर छुट हुने ब्यवस्था छ ।