सिटिजन्स बैंकद्वारा वुमन एक्टलाई १ लाख आर्थिक सहयोग « Eglish Khabarhub

सिटिजन्स बैंकद्वारा वुमन एक्टलाई १ लाख आर्थिक सहयोग



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको वुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वुमन एक्टको केन्द्रीय कार्यालय टुसाल, महाराजगञ्जमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरे ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका संचालक अधिकारीले बताइन् ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Publish on: