कैलालीमा महालक्ष्मीले खोल्यो २ नयाँ शाखा « Eglish Khabarhub

कैलालीमा महालक्ष्मीले खोल्यो २ नयाँ शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले मंसिर २६ गते कैलाली जिल्लामा २ नयाँ शाखा स्थापना गरेको छ ।

कैलारी गाउँपालिका वडा नं १, स्थित हसुलिया शाखा तथा गोदावरी नगरपालिका वडा नं १, स्थित अत्तरिया शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको बैंकले जनाएको छ ।

शाखा कार्यालयहरुको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गरेका थिए । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको पनि उपस्थिति रहेको थियो ।

बैकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले शाखा समुद्घाटन समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा आफ्ना ग्राहकहरुलाई बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।

Publish on: