गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा « Eglish Khabarhub

गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा



काठमाण्डौ । गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा नयाँ शाखा उद्घाटन गरेको छ ।

सो अवसरमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले आफ्नो गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एवम् ग्रामीण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउदै जनताको सहयोगी बन्न सकोस् भन्ने शुभकामना दिए ।

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर राउत(विर), राप्ती बवई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्य शर्मा, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराएका थिए ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना सहितको सेवा दिंदै आएको जनाएको छ ।

बैंकले आव २०७५\७६ को प्रथम त्रैमासमा संचालन मुनाफा१५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको बैंकले जनाएको छ ।

Publish on: