काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ ।
संसारको जुनसुकै ठाउँबाट कार्ड सम्बन्धी बैकिङ्ग कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो ।
यस कार्डको प्रयोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गर्दा(भारत बाहेक) यात्रीहरुले सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकेर प्रयोग गर्न सक्ने छन् ।
विदेश भ्रमणका लागि तयारी गरिरहनु भएका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी नेपालबाटै केही रकम साथमा बोकी जानु पर्ने, रकम चोरी हुने, आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरु पूर्ण रुपमा छुटकारा पाउने बैंकले जनाएको छ ।
बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत आफ्ना ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्घता समेत जनाएको छ ।
SHARE YOUR THOUGHTS