हिमालय ऊर्जाले आईपिओ बाँडफाँड गर्यो, न्यूनतम ५० देखि अधिकतम ४६० कित्ता पाए « Eglish Khabarhub

हिमालय ऊर्जाले आईपिओ बाँडफाँड गर्यो, न्यूनतम ५० देखि अधिकतम ४६० कित्ता पाए




काठमाण्डौ । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ।

आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कम्पनीले कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आयोजनाबाट अति प्रभावित गोकुलगंगा गाँउपालिका वडा नम्बर १ र जिरी नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाहरुबाट न्युनतम ५० कित्ता देखि ४५० कित्तासम्म माग गर्ने सबैलाई मागे जति नै शेयर पाएका छन् ।

त्यस्तै ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।

Publish on: