एन.आई.सी एशिया बैंकका शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा « Eglish Khabarhub

एन.आई.सी एशिया बैंकका शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा




काठमाडौ । एन.आई.सी एशिया बैंकले सुखसरीको प्रकाशपुर र इनरुवामा पनि नयाँ शाखा खोलेको छ ।

इनरुवा नगरपालिका वडा नं. १ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले उदघाटन गरेका छन । त्यस्तै बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उदघाटन औपचारिक रुपमा उदघाटन गरेका छन ।

थप दुइ शाखा विस्तारसँगै एन आइ सी बैंकका ग्राहकले २७० शाखा कार्यालय, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रयोग गर्न पाउने भएका छन ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छन । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Publish on: