अबदेखि बैंकले सेयर ब्रोकरको काम गर्न पाउने तर माउ कम्पनीको सेयर कारोबार गर्न नपाउने « Eglish Khabarhub

अबदेखि बैंकले सेयर ब्रोकरको काम गर्न पाउने तर माउ कम्पनीको सेयर कारोबार गर्न नपाउने



काठमाडौं। बैंकहरुले अब सेयर ब्रोकरको कारोबार गर्न पाउने भएका छन् । तर, त्यसका लागि सहायक कम्पनी भने खोल्नुपर्ने हुन्छ । त्यस्तो सहायक कम्पनीमा बैंकको ५१ प्रतिशतसम्म स्वामित्व रहनेछ ।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै बैंकलाई सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिने ब्यवस्था मिलाएको जानकारी दिएको हो ।

‘छुट्टै सहायक कम्पनीमा लगानी गर्दा वित्तीय स्वार्थ स्थापिन हुने भएकाले त्यसरी गरिएको कुल लगानी रकमलाई पूँजी कोष गणना गर्दा प्राथमिकत पूँजीबाट घटाउनु पर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘सहायक कम्पनीले आफूले जारी गरेको वा आफ्नो मूख्य कम्पनीले जारी गरेको सेयरको कारोबार गर्न पाउँदैन।’

सहायक कम्पनीलाई धितोपत्र बोर्ड र राष्ट्र बैंकले नियमन गर्ने परिपत्रमा उल्लेख छ ।

Publish on: