काठमाडौं । आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतिको पहिचान गरी समाधान गर्न अर्थमन्त्रालयले गठन गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको सुझाव कार्यान्वयन हुन थालेपछि पुँजी बजार हौसिएको छ ।
गत शुक्रबार श्रेष्ठ कार्यदलले बुझाएको प्रतिबेदन सार्बजनिक भएको थियो । सो सुझाव सार्बजनिक भएपछि बजार खुल्दा आइतबार पुँजी बजारमा रौनक देखिएको थियो । तर, कार्यदलको सुझाव कार्यान्वयनमा ढिलाइ भएपछि सोमबारदेखि बजारमा फेरि शिथिलता आएको थियो ।
तर, बुधबार नेपाल राष्ट्र बैंकले कार्यदलको सुझाव अनुसार सेयर धितो कर्जामा ६५ प्रतिशतसम्म मार्जिन कर्जा दिन पाइने र निक्षेप तथा कर्जाको ब्याज अन्तर (स्प्रेड) दर अहिलेको ५ प्रतिशतबाट घटाएर ४.७५ प्रतिशत बनाउनु पर्ने निर्देशन दिएपछि बुधबार पुँजी बजारमा उत्साह देखिएको छ ।
यो समाचार तयार पार्दा (बुधबार २ बजेर २६ मिनेट जादा) सम्म नेप्से परिसुचक २०.४७ अंकले बढेको छ । यस्तै सो समयसम्ममा ५१ करोड ८७ लाख रुपैयाँ बराबरका १४ लाख ८४ हजार कित्ता सेयर खरिद विक्री भइसकेका छन् ।
यो समाचार तयार पार्ने समयमा सबै समुहका सुचक बढेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो समयसम्ममा बैंकिङ समुह १३.७१ अंकले, ट्रेडिङ समुह १३.६९ अंकले, होटल समुह ३६.८ अंकले र विकास बैंक समुहको सुचक १६.२७ अंकले बढेका छन् ।
यस्तै जलविद्युत समुहको सुचक ९.९२ अंकले, वित्त कम्पनी समुहको सुचक ६.८६ अंकले, निर्जीबन बीमा समुहको सुचक १६०.९५ अंकले, उत्पादनशील समुहको सुचक १२ अंकले, अन्य समुहको सुचक पनि १२ अंकले नै, लघुवित्त कम्पनी समुहको सुचक ३५.६ अंकले र जीबन बीमा समुहको सुचक २४५.०५ अंकले बढेका छन् ।
SHARE YOUR THOUGHTS