२९ मंसिर २०८२, आइतबार

‘राष्ट्र बैंकको कदमले सेयर लगानीकर्तालाई उत्साहित बनायो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकले पुाँजी बजारको सुधारका लागि समस्या पहिचान गरेकोमा खुशी व्यक्त गरेको छ ।

पुँजी बजारमा पछिल्लो समय देखिएको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले पौष ११ गते विभिन्न बुदाँ समेटिएको ५८ बुँदे सझाब पेश गरेको थियो ।

संघले निकै नकारात्मक अवस्थामा पुगेको अर्थ बजारलाई केहीहदसम्म सम्बोधन हुनुमा राष्ट्र बैंक लगायत अर्थ मन्त्रालय, नेप्से, लगानीकर्ता संघहरु, ब्रोकरहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको भूमिका अत्यन्तै महत्वपुर्ण रहेको जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

पुँजी बजार सुधारको माग राख्दै लगानीकताहरु रिले अनशन हुँदै आमरण अनशन समेत बसेका थिए । राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले ५८ बुँदे सुझाब अर्थमन्त्रीलाई बुझाएपछि केहि माग सम्बोधन भएको भन्दै अनशनरत लगानीकर्ताहरुले आमरण अनशन तोडेका थिए ।

संघले यसका साथै वाँकी रहेका सुधारका कार्यक्रमहरुलाई पनि यथासिघ्र कार्यान्वयनमा ल्याउन सम्वन्धित निकायसँग अपिल गरेको छ ।