२९ मंसिर २०८२, आइतबार

सिटिजन्स बैंकले खोल्यो बिराटनगरमा प्रादेशिक कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनले प्रदेश नम्बर एकको प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ ।
जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थितिका विच उक्त कार्यालयको उद्घघाटन भएको हो ।

प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तार साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयको स्थापनासँगै अब छिटो छरितो रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट देशभर बैंकिङ सुविधा दिदै आएको छ ।
,