२९ मंसिर २०८२, आइतबार

प्रभु बैंकको अनलाईन ट्रेडिङ्ग खाता शुरु, अनलाइन शेयर कारोवार गर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ । प्रभु बैंकले प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरीे प्रभु अनलाईन टे«डिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई बैंकिङ सेवा उपलब्ध हुनेछ ।

प्रभु बैंकको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।