वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा मिस नेपाल श्रृंखला खतिवडा नियुक्त (भिडियोसहित) « Eglish Khabarhub

वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा मिस नेपाल श्रृंखला खतिवडा नियुक्त (भिडियोसहित)




काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा मिस नेपाल २०१८ श्रृङखला खतिवडा नियुक्त भएकी छिन ।

बैंकले आफ्नो यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१८श्रृंखला खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई नियुक्त गरिएको बताए बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले श्रृङखलालाई ब्राण्ड एम्वास्डरमा रोजेको उनले बताए । दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगकोे सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

सो कार्यक्रममा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी भएको बताइन । श्रृङखला बैकिङ क्षेत्र बहालवाला मिस नेपालकोे तर्फबाट पहिलो व्राण्ड एम्बास्डर बनेकी हुन ।

भिडियाे हेर्नुहाेस ।

Publish on: