काठमाडौं । सरकारले नागरिक लगानी कोषको पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ । सरकारले नागरिक लगानी कोष ऐनलाई संसोधन गर्दै यसको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने भएको हो । यस्तै कोषको अधिकृत पुँजी ८ अर्ब हुने छ ।
सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नागरिक लगानी कोष ऐन संसोधनलाई संसदमा पेश गर्ने र यसको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुने जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकले ऐन संसोधन गर्ने प्रस्ताव पारित गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता गर्ने भएको हो । कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत,बीमा संस्थानको ३१.५५ प्रतिशत,स्टक एक्सचेन्जको १० प्रतिशत,विभिन्न बैंक वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुने छ ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार १ अर्ब ११ करोड रुपैयाँ छ । स्टक एक्सचेन्जमा ९० लाख ३१ हजार कित्ता सेयर सूचिकृत रहेको छ । यसको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता २१ सय रुपैयाँ रहेको छ ।
कोषमा अब स्वरोजगार मुलक काम गर्नेले समेत सहभागिता जनाउन सक्ने संचारमन्त्री बास्कोटाले जानकारी दिए ।
SHARE YOUR THOUGHTS