विद्युत चुहावट नियन्त्रणबाट ६४ लाख राजश्व असुली « Eglish Khabarhub

विद्युत चुहावट नियन्त्रणबाट ६४ लाख राजश्व असुली



राजविराज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा विद्युत चुहावट नियन्त्रणबाट ६४ लाख राजश्व असुली गरेको छ । अब करीब ४३ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न बाँकी रहेको समेत प्राधिकरणले जनाएको छ ।

सप्तरीमा गत वर्ष ५०।३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । उनका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको छ ।

स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाइ छ । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्बाही गर्न सकिने उनले बताए

सप्तरीमा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कञ्चनपुरलगायत ठाउँबाट गरेको अनुगमनले ७५ वटा मिटरमा कार्बाही गरिएको छ । आव २०७५÷७६ को साउनदेखि हालसम्ममा सो मिटर कार्बाहीबाट रु १३ लाख ४० हजार १४४ असुली भएको उनले जानकारी दिए । यस्तै हुकिङ नियन्त्रण अभियानअन्तर्गत ४०० जनालाई कार्बाही गरिएको छ । सो कार्बाहीबाट रु ५० लाख ६० हजार १५० असुल गरी ६४ लाख २९४ असुली गरेको प्रमुख साहले बताए ।

Publish on: