कैलाश बैंकको शाखा बुटवल होराईजनचोकमा « Eglish Khabarhub

कैलाश बैंकको शाखा बुटवल होराईजनचोकमा




बुटवल । कैलाश विकास बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित होराईजनचोकमा नयाँ शाखा स्थापना गरी औपचारीक कारोवार शुभारम्भ गरेको छ । बंैकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेको छ भने एटिएम संख्या ३१ पुगेको ।

Publish on: